Thursday, December 3, 2009

मृत प्रेयसीहरु

घरका बुइंगलमा तिम्रा आँखाहरु


छातीमा जमरा उमारेको हेरेर

प्रेमोत्कर्षमा जीवनको टेन्डर हाल्दैछन!



पलायनको धरातल मैनबत्तीको शिखाझैं

रातको प्रहर बाहुनडाँडाको रुप खोज्दै

हाम्रा सम्बन्ध-बिच्छेदको क्योटो प्रोटोकलमा सहिछाप गर्दैछ!



यसैले आगोको परिकार खाएर

तापको संकष्ट ल्याउने सुर्यसंग

मेरा लिंगहरु को खोजिगर्न

सर्च अभियानमा जुटेका छन मथिंगलहरु!



डोटेली संस्कारको परिधानमा सुसज्जित

एकहुल एकीकरणबादी मनहरु

ब्यग्र हिमपातको प्रतीक्षा गर्दै बसेका छन,

आगोको परिकार खाएर तापको संकष्ट ल्याउने सुर्य

मेरा सपनाहरु लाइ प्लाष्टिकको दुधेमुन्टा चुसाउदै छ!



हार्बरफ्रन्टको किनारतिर बरालिने

मनका सन्नाटाहरु जीवनस्नान गर्दै

पुस्तैनी शिलालेखहरुमा

मल्यार्पण गर्दैछन हिजोका कठिन दिनहरु!



मनमुटु हराएका बेला मुर्छित संवेगहरु

बरफबारीमा कैद लिंगहरु हेरेर

क्युरियोका सम्बन्धहरु खोज्दैछन!



यस्तो बेला कसैले सिमसारमा

काँचा सपनाहरुको फसल नकाटे हुन्छ,

बधशालाहरु मा जवानीमै काटिएका लिंगहरु

हत्याका कन्सर्टहरू बाटै खोज्दैछन आफ्ना मृत प्रेयसीहरु!!



बलदेव भट्ट"बिहानी"

जोगबुढा, डडेल्धुरा

हाल: सिंगापुर

Tuesday, December 1, 2009

सूर्यास्तको संभावना

सूर्यास्तको संभावना

जीतको साम्राज्य

जीतको साम्राज्य

आरीस को ज्वारभाटा

आरीस को ज्वारभाटा

बैश उन्मत्त बर्शात

बैश उन्मत्त बर्शात

मेरो बालीको हरियाली

मेरो बालीको हरियाली

यातना का कथा चित्र हरु भित्र

यातना का कथा चित्र हरु भित्र

सम्मान का भाखाहरु

सम्मान का भाखाहरु

उत्तर-आधुनिक बिचार

उत्तर-आधुनिक बिचार

छिन्नभिन्न अतिशयोक्ति

छिन्नभिन्न अतिशयोक्ति

दुष्चक्रभित्र को पीडा

दुष्चक्रभित्र को पीडा

बन फुल को कथा

बन फुल को कथा

हर्सौल्लास मा हतारिएको मन

हर्सौल्लास मा हतारिएको मन

मसानघाट को गुनासो

मसानघाट को गुनासो

Sunday, November 29, 2009

भाषा-प्रतिष्ठानको मृत बगैंचा

यसपालि को हिउँदमा भाषा प्रतिष्ठानको बगैंचाबाट उसले


ढकमक्क फुलेका एकहुल भाषाफुलहरु टिपेर लग्यो

मखमली धागोमा तिनै फुलहरु श्रीमतीलाइ उन्न लगायो

प्रत्येक बिहान त्यही फूलमाला पहिरिएर उ हाम्रा गल्लि मा आउछ

हाम्रा दीनहीन सन्तानहरु लाइ सालीन सफलताका सुन्दर पाठहरु पढाएर जान्छ !



अस्तिको बिहान त्यहि प्रतिष्ठानको बाटो भएर हिड्दा

संयोगबस उ संग मेरो बाटो मै जम्का-भेट भयो

पन्डितको चिनालेख्ने कागज जस्तै लामो ठेली निकालेर

उसका कविखेत का भावी योजना हरु को पाठ सुनायो!



मैले बाटो मुनि फुलेका कविखेत हरुतिर देखाए

कान्ला माथि फक्रनै लागेका कोपिलाहरु पनि देखाए

बिना योजनापनि झुपडीका किनारैतिर फुलेका फूलहरु हेर्दै

उसले रिसले मुन्टो फर्काएर आफ्नै सालीनबाटो ततायो !



यसपाली उसको मालीले बगैचामा अत्याधिक बिषादी प्रयोग गरेछ

भाषा-प्रतिष्ठानका सबै होनहार कविफुलका बोटहरु मारेर गए

मखमली धागोमा उनिएका उसका थकित थुंगा हरु

हाम्रै बाटो मुनिका कविफुलहरु तिर हेर्दै टोलाएका छन!



माली बिना नै बाह्रै-मास फुल्ने हाम्रा बारीका कविफूलहरु

टाउको उठाएर भाषा-प्रतिष्ठानको मृत बगैंचा हेर्दैछन !!



बलदेव भट्ट"बिहानी"

डडेल्धुरा, जोगबुढा

हाल: सिंगापुर

Saturday, November 28, 2009

कविता को चित्रण

कविता को चित्रण

मेरो देश को अन्तिम कविता

मेरो देश को अन्तिम कविता

चन्द्र-मुख हली को खोजि

चन्द्र-मुख हली को खोजि

कविता को डिजिटल क्यामेरा

कविता को डिजिटल क्यामेरा

जोगाउ आफ्नो अस्मिता को कलेटी

जोगाउ आफ्नो अस्मिता को कलेटी

उत्तरकाल-खण्ड का कोलम्बस हरु

उत्तरकाल-खण्ड का कोलम्बस हरु

मेरा पाँच सपनाहरु

मेरा पाँच सपनाहरु

बाटो हरु मलाइ माफ गर

बाटो हरु मलाइ माफ गर

देश को पाठशाला

देश को पाठशाला

चुनौती हरु को पहिचान

चुनौती हरु को पहिचान

स्पार्टाकस हरु को देश

स्पार्टाकस हरु को देश

स्मृति खण्ड को बाटो

स्मृति खण्ड को बाटो

नया आयाम को खोजि

नया आयाम को खोजि

इतिहास लाइ पग्लिदो राप

इतिहास लाइ पग्लिदो राप

रात को बिलय

रात को बिलय

खेतका समुन्नत कविफुलहरु

खेतका समुन्नत कविफुलहरु

बुख्याँचाहरु ले चलाएको देश

बुख्याँचाहरु ले चलाएको देश

गीतको नियति

गीतको नियति

कलमका मिथकहरु

कलमका मिथकहरु

बयस्क इच्छाहरु

बयस्क इच्छाहरु

परदेशका खोचबाट

जुनका रेखाकिर्तीसँग


परेली भिजाएर कुहिरोले लेक ढाक्दा

परदेशका खोचबाट हामी

नयननिर बहाउछौ । ।



हारका सन्जाल मुनी

फापरका बिरुवा उजाडीएपछी

हार्वरफ्रन्टको आकाशमाथी चियाउने आँखा

कुहिरोलाई सराप्छन । ।



आफ्ना कान्लामुनीबाट

पलायन भएका पाइलाहरु

यादास्तका संघारमा एक्लोपनसँग

एकोहोरो गुनासो गर्न थालेपछी

आजको जुन आसुँको प्रयायी बन्छ

ओईलाईएको सपनाको सागर बन्छ । ।