Saturday, November 28, 2009

परदेशका खोचबाट

जुनका रेखाकिर्तीसँग


परेली भिजाएर कुहिरोले लेक ढाक्दा

परदेशका खोचबाट हामी

नयननिर बहाउछौ । ।



हारका सन्जाल मुनी

फापरका बिरुवा उजाडीएपछी

हार्वरफ्रन्टको आकाशमाथी चियाउने आँखा

कुहिरोलाई सराप्छन । ।



आफ्ना कान्लामुनीबाट

पलायन भएका पाइलाहरु

यादास्तका संघारमा एक्लोपनसँग

एकोहोरो गुनासो गर्न थालेपछी

आजको जुन आसुँको प्रयायी बन्छ

ओईलाईएको सपनाको सागर बन्छ । ।

No comments:

Post a Comment