Sunday, November 29, 2009

भाषा-प्रतिष्ठानको मृत बगैंचा

यसपालि को हिउँदमा भाषा प्रतिष्ठानको बगैंचाबाट उसले


ढकमक्क फुलेका एकहुल भाषाफुलहरु टिपेर लग्यो

मखमली धागोमा तिनै फुलहरु श्रीमतीलाइ उन्न लगायो

प्रत्येक बिहान त्यही फूलमाला पहिरिएर उ हाम्रा गल्लि मा आउछ

हाम्रा दीनहीन सन्तानहरु लाइ सालीन सफलताका सुन्दर पाठहरु पढाएर जान्छ !



अस्तिको बिहान त्यहि प्रतिष्ठानको बाटो भएर हिड्दा

संयोगबस उ संग मेरो बाटो मै जम्का-भेट भयो

पन्डितको चिनालेख्ने कागज जस्तै लामो ठेली निकालेर

उसका कविखेत का भावी योजना हरु को पाठ सुनायो!



मैले बाटो मुनि फुलेका कविखेत हरुतिर देखाए

कान्ला माथि फक्रनै लागेका कोपिलाहरु पनि देखाए

बिना योजनापनि झुपडीका किनारैतिर फुलेका फूलहरु हेर्दै

उसले रिसले मुन्टो फर्काएर आफ्नै सालीनबाटो ततायो !



यसपाली उसको मालीले बगैचामा अत्याधिक बिषादी प्रयोग गरेछ

भाषा-प्रतिष्ठानका सबै होनहार कविफुलका बोटहरु मारेर गए

मखमली धागोमा उनिएका उसका थकित थुंगा हरु

हाम्रै बाटो मुनिका कविफुलहरु तिर हेर्दै टोलाएका छन!



माली बिना नै बाह्रै-मास फुल्ने हाम्रा बारीका कविफूलहरु

टाउको उठाएर भाषा-प्रतिष्ठानको मृत बगैंचा हेर्दैछन !!



बलदेव भट्ट"बिहानी"

डडेल्धुरा, जोगबुढा

हाल: सिंगापुर

No comments:

Post a Comment